loader

Breaking News

मुख्यमन्त्री पीएस गोलेलाई ‘राज्य रत्न’-ले विभूषित गरिने

Image
 

नेपाली साहित्य परिषद सिक्किमले मुख्यमन्त्री पीएस गोलेलाई राज्य रत्न’ -ले सम्मानित गर्ने भएको छ।

सिक्किम सरकारले मुख्यमन्त्री गोलेको विशेष पहलमा 20 अगस्तलाई सरकारी विधा घोषणा गर्नका साथै सरकारी अधिसूचना र राजपत्रहरू नेपाली भाषामा पनि प्रकाशित गरेर नेपाली भाषाको श्रीवृद्धिमा नयाँ अध्याय शुभारम्भ गरेवापत् नेपाली साहित्य परिषद् सिक्किमले राज्यका मुख्यमन्त्रीलाई ‘राज्य रत्न’ -ले सम्मानित गर्ने भएको हो। 

आगामी 20 अगस्तको दिन 34 औँ नेपाली भाषा मान्यता दिवसको अवसरमा आयोजन गरिने भाषा सम्मान समारोहमा उनलाई यस गरिमामय सम्मानले विभूषित गर्ने निर्णय लिएको छ। मुख्यमन्त्रीलाई राज्य रत्नका रूपमा रजत पत्रद्वारा सम्मानित गरिने बताइएको छ।


Leave a Comment